१ लाख ६० हजार घुससहित वडाध्यक्षसहित ३ जना पक्राउ

 साउन २८, २०७६ मंगलबार १९:८:० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - महोत्तरीका एक वडाध्यक्ष सहित तीनजना १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

भंगहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम, वडा सदस्य कारी साह र उनका छोरा मुकेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

सडक ढलानको काम सम्पन्न भएको योजनाको भुक्तानी लिन आएका उपभोक्तासँग वडा सदस्य कारीका छोरा मुकेश घुस लिन जनकपुर आएका थिए । जनकपुरको पीडारीचोकमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकको गेटमा मुकेशले उपभोक्ता समितिसँग १ लाख ६० हजार रकम बुझिरहेको बेला आयोगको टोलीले उनलाई पक्राउ गरेको छ ।

त्यसपछि वडाध्यक्ष आलम र वडा सदस्य साहलाई घरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । उनीहरुले योजनाको काम सम्पन्न भएबापत उपभोक्ता समितिसँग घुस मागेका थिए । आयोगले पूर्व सूचनाको आधारमा मुकेशलाई पछ्याएका थियो ।

घुससहित पक्राउ गरेको मुकेशमाथि कारबाही प्रक्रिया अघि बढाएको र घुस लिनेमा नाम मुछिएका वडाध्यक्ष आलम र वडा सदस्य साहमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया