धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा - धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे मधुवनी जिल्लाका २७ वर्षीय बन्धुकुमार सिंह छन् ।
उनलाई शनिबार दिउँसो धनुषाको औरही गाउँपालिका-२, देउरीबाट सशस्त्र प्रहरी बलको टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।
ज ८ प ९२३५ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकलको ट्यांकीमुनि प्लास्टिकको पाँचवटा पोकामा चाँदीको बुनियादाना लुकाएर भारत तर्फ लाने क्रममा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको छ ।
बरामद गरिएको अवैध चाँदी र मोटरसाइकल सहित सिंंहलाई आवश्यक कारबाहीको लागि जनकपुर भण्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।