नेकपाद्वारा प्रदेश २ को नाम ‘जानकी’ र राजधानी 'पुरै धनुषा जिल्ला' राख्न प्रस्ताव

 भदौ ५, २०७६ बिहिबार १४:४६:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।

प्रदेश २ को नामाकरण जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला निर्धारण गर्न बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्न प्रस्ताव पेश गरेको हो ।

नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरण म्बन्धी प्रस्ताव निर्णयार्थ प्रतुत गर्ने प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराउनु भएको छ भने रजाधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराउनु भएको छ ।

नेपालको संविधानअनुसार प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेश सभामा कायम रहेको सदस्य संख्याको २ तिहाई बहुमत चाहिन्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया