प्रदेश २ काे नाम ‘मिथिला भाेजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्न कांग्रेसकाे प्रस्ताव

 भदौ ५, २०७६ बिहिबार १६:४०:३७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ को प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ उपमहानगनरपालिका राख्ने प्रस्ताव पेस गरेको छ । 

बिहीबार प्रदेशसभा सचिवालयमा प्रदेश नम्बर २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्रलाई राख्ने गरी प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव पेस गरेको हो ।

नामकाे प्रस्ताव कांग्रेसका प्रदेश सांसद नरेशकुमार यादवले पेस गर्नु भएको छ भने र राजधानीको प्रस्ताव कांग्रेस संसदीय दलका नेता रामसारोज यादवले पेस गर्नुभएको हो ।

नेपाली कांग्रेसका चार जना सांसदले प्रदेश सांसदले पार्टी संसदीय दलको निर्णयविपरीत प्रदेश २ को राजधानी र नामाकरणको सवालमा फरक मत राख्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव पेस गरेका छन् । प्रदेश सांसद राजेश्वरप्रसाद साहको नेतृत्वमा फरक मत राख्दै प्रदेश २ को नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ राख्नुपर्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा बिहीबार दर्ता गरिएको हो । 

प्रदेश सभामा कांग्रेसको १९ जना प्रदेश सांसद छन्  । 

यस्तै बिहीबार नै प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम ‘जानकी’ र ‘राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा पेस गरेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया