जनकपुरमा निर्माणाधीन घरको छतबाट खस्दा एक मजदुरको ज्यान गयो, अर्का एक जना घाइते

 भदौ ९, २०७६ सोमबार १०:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरमा निर्माणाधीन घरको  छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । एक मजदुर घाइते भएका छन् । ज्यान जानेमा सप्तरीको सम्भुनाथ नगरपालिका–६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डल रहेको प्रहरीले जनाएको छ । 

उनक‍ो टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटनास्थलमै ज्यान गएको हो । घाइते ३० वर्षका हरिकातन्त मण्डल छन् । उनी मृतककै छिमेकी हुन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका रामसोगारथ साहको निर्माणाधीन घरको छतमा काम गरिरहेको बेला सोमबार बिहान दुवै जना लडेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया