मोरङको मिक्लाजुङमा आफै चढेको बसले ठक्कर दिँदा एक जनाको ज्यान गयो

 भदौ १६, २०७६ सोमबार १९:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–७, मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा बसले किच्दा एक जनाको ज्यान गएको छ ।

तोरीबारीबाट मधुमल्लातर्फ आउँदै गरेको ना २ ख ५२२७ नम्बरको बसमा सवार इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ बस्ने ८० वर्षीया नन्दकुमारी राईलाई ठक्कर दिएको हो । बसबाट झरेर अगाडिबाट बाटो काट्ने क्रममा त्यही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी राईको  अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।

बस चालक इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया