प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पाँचथर - पूर्वी पहाडका खोलाहरुमा पाइने रैथाने तिते माछा हिजाेआज पाइन छाडेका छन् । खाँदा केही तितो स्वाद आउने भएकाले यो माछालाई तिते माछा भनिएको हो ।
पाँचथर जिल्लाको उतरपूर्वी इङ्वाखोला, मेवा खोला, खोरङ्गा खोला, हेंवा खोला र काबेली लगायतका खोलाहरुमा पाइने तितेमाछा पछिल्लो समय पाउन छाडेका हुन् । हरेक वर्ष सिजनमा टेन्डर प्रक्रियाबाट मारिदै आएको तितेमाछा विगत २ वर्ष देखि आउन छाडेको पाँचथर याङवरक–२ का समिर वेघा लिम्वूले वताउनुभयो ।
खोलामा अनधिकृत रुपमा करेन्ट लगाएर माछा मार्नु, सडक खन्ने क्रममा मुल पुरिनु, ठूलाठूला बाढी–पहिरो जानुजस्ता कारणले तिते माछाको अस्तित्व संकटमा पर्न थालेको स्थानीयहरु बताउँछन् ।
२ वर्ष अघिसम्म झण्डै ५ सय केजी तितेमाछा मारिने गरिएकोमा यसवर्ष सिजन सकिन लाग्दा पनि तितेमाछा अण्डा पार्न मूलतिर नआएका स्थानीयले बताएका छन् ।
जेठदेखि भदौ महिनासम्म तितेमाछाले अण्डा पार्ने सिजन हो । फुल पारेर पर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ । पाँचथरको याङवरकमा २०३० सालदेखि ठेक्का आह्वान गरेर तितेमाछा मारिँदै आएको थियो ।
गएकाे वर्ष पनि गाउँपालिकाले ७० हजारको ठेक्का आह्वान गरेकोमा कोही पनि ठेक्का हाल्न नआएको गाउँपालिकाले जनाएको छ । तितेमाछा मासिँदै गएपछि खोलामा जथाभावी करेन्ट लगाउन कडाइ गरिएको याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।