आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
महोत्तरी – बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ ।
दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् ।
यस्तै, दुर्घटनामा परेकाे एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा बराइली पनि घाइते हुनुभएको छ । उहाँको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका ट्राफिक प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।
घरायसी विवादमा झगडा हुँदा तारा वादीका छोरा उवेश घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।