नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडाैं - आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा शुक्रबार प्रभातफेरी, गोष्ठी, सम्मान लगायतका विविध कार्यक्रम गरिएका छन् । विक्रम सम्वत १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सम्झनामा काठमाण्डौ लगायत देशैभर विविध कार्यक्रम गरिएकाे छ ।
भानु प्रतिष्ठान काठमाडाैंले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र साहित्य अनुरागीहरु सहभागी भएका थिए । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत विशिष्ट व्यक्तिहरुकाे सहभागिता थियाे ।
प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्य मार्फत समाज सेवा र नेपालको एकिकरणमा ठूलो योगदान गरेको उल्लेख गर्दै नेपाललाई अनेक ढंगले एकतावद्ध बनाउने सवालमा उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भानुभक्तको शैली, प्रवृतिको महत्व अहिले पनि उत्तिकै रहेको भन्दै सबैले उहाँको योगदानको कदर गर्दै उहाँको शैली र भावनालाई पछ्याउनुपर्ने आवश्यकता रहेकाे औल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले भानु प्रतिष्ठानको कार्यालयका लागि आवश्यक स्थान र संचालनको व्यवस्थाका सम्बन्धमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा साहित्यकार ताना शर्मा लगायतका साहित्यकारहरुलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्याए वापत सम्मान गरिएको थियो । नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान गरेका भानुभक्तलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ ।
भानुभक्तको जन्मदिनलाई भारतको सिक्किम र दार्जिलिङका नेपाली भाषीले वर्षेनि उत्सवका रुपमा मनाउने गर्दछन् । त्यसैगरी भारतबाहेक अन्य देशमा रहेका नेपालीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको सम्झनामा भानु जयन्ती मनाउने गर्दछन् । भानुभक्तका भक्तमाला, वधुशिक्षा, प्रश्नोत्तर, रामगीता लगायतका कृति चर्चित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।