नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
पर्सा - प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मातृ शोक परेको छ । उहाकी माता राधीका देवीको ७६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
उहाँलाई सीमावर्ती रक्सौलको डंकन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । राधीका देवी मधुमेह र मुटुको रोगबाट पीडित हुनुहुथ्यो ।
अस्पतालमा उपचारार्थ आमाको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि मुख्यमन्त्री राउत बुधवार बीरगंज आउनु भएको थियाे । राधीका देवीलाई रोगले च्यापेपछि रक्सौल स्थित डंकन अस्पतालमा भर्ना गरिएको संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव सलाउदिन अहमदले बताउनु भयो ।
अस्पतालमा भर्ना हुनु भएकी राधीका देवीले मुख्यमन्त्री लालबाबु राउतलाई देख्न मन लागेको भनेपछि मुख्यमन्त्री राउत जनकपुरबाट बुधवार वीरगंज आउनु भएको हाे ।
राधीका देवीको मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ । उहाको पैत्रिक गाउँ पर्साको जगरनाथपुरमा भोली शनीवार अन्तिम संस्कार गरिने अहमदले जानकारी दिनु भायाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।