तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले बुझाए प्रशासनमा ज्ञापन

 असार २९, २०७५ शुक्रबार २०:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर - पूरा तलब नपाएकाे भन्दै जिल्ला अस्पताल पाँचथरसहित फिदिम नगरपालिका भित्रका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापन पत्र वुझाएका छन् ।

फागुन महिनादेखि तलव विना नै काम गरिरहेको र पाँच महिनापछि पाएको तलव पनि पूरा नदिएपछि पूरा तलब पाउनुपर्ने माग राख्दै स्वास्थ्यकर्मिहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएका हुन् ।

गएको वैशाख महिनामा तलबको बारेमा जानकारी माग्दा नगरपालिकाले असारसम्मको एकमुष्ट तलव उपलब्ध गराउने आश्वासन दिएकाे भए पनि अहिले पनि पूरा तलब नदिएपछि ज्ञापनपत्र बुझाउनु परेकाे जिल्ला अस्पताल पाँचथरका सुचना अधिकारी नारायाण जोशीले वताउनुभयो ।

बुधबार उपलब्ध भएको तलबमा जेठ महिनासम्मको मात्र रहेको जोशीको भनाई छ । जिल्ला अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुले छुट्टै पाउने गरेको जोखिम भत्ता, नाइट भत्ताका साथै महगी‌ं भत्ता असोज महिनादेखि नपाएको स्वास्थ्यकर्मिको गुनासो गुनासो छ ।

यस्तै फिल्डमा काम गर्ने १६ जना स्वास्थ्यकर्मीहरुले समेत कात्तिक महिनादेखि फिल्ड भत्ता नपाएकाले भत्ता पाउनुपर्ने माग गर्दै निवेदन दिएको जोशीले बताउनुभयो ।

नगरपालिकाभित्र रहेका जिल्ला अस्पतालसँगै नांगिन, याङनाम, लुङ्गरुप्पा, सिवा, चोकमागु र लुङफाबुङमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पूरा तलब नपाएका हुन् ।

आफुहरुले पाउनुपर्ने सम्पूर्ण तलव तथा भत्ता सम्बन्धित निकायले २४ घण्टाभित्र नदिए थप संघर्षका कार्यक्रम गरिने चेतावनी स्वास्थ्यकर्मीहरुले दिएका छन्  ।

यद्यपि नगरपालिकाका प्रशासकिय अधिकृत गुरुद्धत सुवेदीले भने स्वास्थ्यकर्मीहरुले असार महिनासम्मकै तलब पाईसकेको दाबी गर्नुभयाे । स्वास्थ्यकर्मीहरुले पाउने अन्य भत्ताहरु मात्र दिन बाँकी रहेकाे उहाँले बताउनुभयाे ।  
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया