कृष्णबहादुर महराविरुद्ध रोशनीको उजुरी: आइतबार पक्राउ पर्न सक्ने

 असोज १८, २०७६ शनिबार १६:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको प्रयास गरेको उजुरी दर्ता भएको छ ।

रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । गएकाे आइतबार राति कृष्णबहादुर महराले आफुलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । उहाँले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताउनुभएको थियो ।

तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । शुक्रबार बेलुका उहाँले महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएको र आइतबार सरकारी वकिलको कार्यालयको आदेश लिएपछि पक्राउ गर्ने सम्भावना रहेको पनि प्रहरी स्रोतले जनाएको छ ।

बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया