नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ९५ प्रतिशत ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ । झापाबाट गएको चैत अन्तिम हप्तादेखि सुरु भएको लकिङ प्रणाली अन्तर्गत अहिले धनुषामा ट्यांकरमा लक जडान गर्ने काम भइरहेको छ ।
निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले लकिङ प्रणालीमा नआउने ट्याङकरबाट ढुवानी नगरिने र त्यस्ता ट्याँकरलाई भोलिदेखि यो प्रणालीमा नल्याइने पनि बताउनुभयो । तर कुनै प्राविधिक समस्याले यो प्रणालीमा आउन छुटेको भए निगमले थप छलफल गरिने उहाँको भनाई छ । ट्यांकरमा आधुनिक ताल्चा प्रणाली लगाउने यो अभियानले बीच बाटोमा चुहावट र मिसावट नहुने जसले गर्दा पेट्रोलियमको गुणस्तर बढ्ने कार्यकारी निर्देशक भट्टराईले दावी गर्नुभयो ।
यस अन्तर्गत ट्याँकरमा कम्प्युटर प्रणालीबाट तयार पारेको ताल्चा लगाइन्छ । यो ताल्चाको माष्टर की अर्थात साँचो भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगमसंग मात्र रहने भएकाले भारतमा इन्धन भर्दा र नेपालमा ल्याएर डिपोमा खन्याउँदा मात्र ट्याँकर खोल्न सकिन्छ । यसका लागि निगमले विगत दुई वर्षदेखि तयारी थालेको थियो । तर ढुवानीकर्ताको असहयोगका कारण यो प्रणाली लागू गर्न ढिलाई भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।