सरकार र डाक्टर केसी पक्षबीचको दोस्रो वार्ता पनि टुंगोमा पुग्न सकेन

 साउन १, २०७५ मंगलबार १५:३८:२६ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ ।

आज बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेकराज सिंहले जानकारी दिनुभयो । 

सरकारी पक्षले डा.केसीलाई उपचारका लागि पहिला काठमाडौं ल्याउनुपर्ने र अनि मात्रै विधेयक फिर्ता गर्ने बारे सोच्न सकिने भनेपछि वार्ता अघि बढ्न नसकेको सिंहले बताउनुभयो । 

यसैबीच १८ दिनदेखि जुम्लामा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ । गएरातीदेखि डा.केसीको स्वास्थ्य गम्भीर बनेपछि सरकारले आज बिहान एअर एम्बुलेन्समार्फत काठमाडौं ल्याउने प्रस्ताव वार्तामा समेत राखेको थियो । तर डा.केसीले विधेयक फिर्ता नभएसम्म आफू काठमाडौं नआउने बताएपछि उहाँलाई काठमाडौं ल्याउन समस्या भइरहेको डा.सिंहले बताउनुभयो । 

सरकारले हिजो मात्रै डा.केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समिति गठन भएलगत्तै हिजो र आज वार्ता भए पनि कुनै सहमति हुन सकेन ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया