नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
भक्तपुर – सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण गरिएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मंगलबार मन्दिर प्राङ्गणमा आयोजना गरेको अनावरण कार्यक्रममा स्वामी चूडामणि महाराजले बसाहाको अनावरण गर्नुभएको हो ।
काभ्रेको कुसादेवीबाट ल्याएको ३० टन ठूलो ढुंगालाई खोपेर चाँगुनारायण नगरपालिका ८ सुडालका पूर्ण कुसुमले तयार पारेको १६ टन अर्थात १६ हजार किलोग्रामको १० फिट लम्बाइ ४० इन्च गोलाई रहेको बसाहा मंगलबार अनावरण गरिएको हो । बसाहा निर्माणका लागि ८ लाख रुपैयाँ खर्च भएको र त्योे खर्च शम्भु बुढाथोकीले खर्च गरेको समितिले जानकारी दिएको छ ।
कार्यक्रममा स्वामी चूडामणि महाराजले चारधाम नेपालमै रहेकाले चारधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउँदै डोलेश्वर चारधाम मध्ये कै एक धाम भएको बताउनुभयो । त्यसअवसरमा प्रदेशसभाका सदस्य शशीजंग थापाले भक्तपुर धार्मिक स्थलको प्रखर गन्तव्य रहेको जिल्ला भएको चर्चा गर्दै सूर्यविनायक नगरपालिकामा डोलेश्वरसँगै अन्य चर्चित शिवालयहरु भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकाले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाउन लागेको बताउनुभयोे । डोलेश्वरमा मंगलबारदेखि एक महिने साउन मेला सुरु भएको र भदौ ६ गतेसम्म मेला सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।