नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टी भित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिनुभयो ।
मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले चार महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधी तत्वले सरकारको विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालीनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गर्नुभयो । उहाँले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै त्यही आधारमा टेकेर अघि बढने योजना पनि अघि सार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।