जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
कञ्चनपुर – कृष्णपुर नगरपालिका –५, आमखैयास्थित पूर्व–पश्चिम राजमार्गमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परि ९ जना घाइते भएका छन् । महेन्द्रनगबाट धनगढी गइरहेको अजय सिंह रानाले चलाएको म १ज २५० नम्बरको हाइस र धनगढीबाट महेन्द्रनगर आइरहेको दिलबहादुर चौधरीले चलाएको बा १०च ४९१८ नम्बरको भ्यान एक आपसमा ठोक्किदा २ जनाको ज्यान गएको हो ।
ज्यान जानेमा भ्यानमा सवार कैलाली गोदावरी नगरपालिका ४ बस्ने वर्ष २४ कि रिना चौधरी र उनका छोरा रिदम चौधरी रहेका छन् ।
भ्यानका चालक दिलबहादुर चौधरीका्े अवस्था गम्भीर रहेको छ । उहाँको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।