नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता हुने नहुने अनिश्चित भएको छ ।
दुवै पक्षका प्रतिनिधिले आ–आफ्ना अडान नछाडेपछि आज वार्ता हुने वा नहुने अन्यौल भएको हो । हिजो र अस्ति गरेर तीन पटक वार्ता भए पनि दुवै पक्षले आफ्नो अडान नछाड्दा सहमति हुन सकेको छैन ।
सरकार पक्ष डा. केसीलाई काठमाडौंमा ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने र केसी पक्ष संसदमा पेस भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिनुपर्नेमा अडिग भएपछि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्ने मनस्थितीमा रहेकाले वार्ता बस्नुको कुनै औचित्य नभएको दुवै पक्षले बताएका छन् ।
डाक्टर केसी पक्षका वार्ता टोलीका अनुसार सरकारले केसीलाई उपचारका लागि काठमाडौं ल्याउने प्रस्ताव मात्र गरेको छ । यस विषयमा पनि थप कुराकानी हुन सकेको छैन । केसीको मागको विषयमा प्रवेश नै नगरी उहाँलाई उपचारको लागि काठमाडौं ल्याउने प्रस्ताव मात्रै गरेकाले वार्ता अगाडि नबढेको केसी पक्षले बताएको छ ।
सरकार पक्षले भने व्यक्तिको ज्यान जोगाउनु पहिलो प्राथमिकता रहेको भन्दै पहिले डाक्टर केसीलाई उपचारको लागि काठमाडौं ल्याउनुपर्ने बताएको छ । जुम्लामा १९ दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको । उहाँको मुटुको चाल जुनसुकै बेला पनि रोकिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टरले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।