राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबरजस्ती अघि बढाए संसद अवरुद्ध पार्ने कांग्रेसको चेतावनी

 साउन २, २०७५ बुधबार १४:५३:७ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबरजस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जब्बर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभापनि अवरुद्ध पार्ने चेतावनी दिनु भएको हो ।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ उहाँले बिहीबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशकोसभा भने अवरुद्ध नपार्ने पनि स्पष्ट पार्नुभयो । जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहीबार सम्बोधन गर्ने गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ ।

यसैबीच, नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिनु भएको हो ।

उहाँले पार्टीको विधान मस्यौदा समिति बिहीबार गठन हुने विश्वास पनि व्यक्त गर्नुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरुको नामावली दिने सहमति गरेको उल्लेख गर्दै उहाँले बिहीबार विधान मस्यौदा समिति गठन हुने विश्वास व्यक्त गर्नु भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार बिहान छलफल भएको थियो । सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताउनु भयो । विधान मस्यौदा समिति बढिमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको पनि उहाँले बताउनुभयो ।

विधानलाई टोलसमितिसम्म छलफल गरेर पारित गर्ने विधि पनि तय गरिएको नेपाली कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया