सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने राजपा नेपालकाे तयारी

 साउन २, २०७५ बुधबार १८:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।  

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो ।

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनु भयो । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहिबार भेटगरी छलफल गर्ने निर्णय पनि गरेको छ ।

राजपा नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भिरताका साथ पहल गर्न पनि सरकारलाई दबाब दिएको छ । त्यसैगरी बाढी र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न पनि बैठकले सरकारसँग माग गरेको नेता यादवले बताउनु भयो ।

पार्टीले सांसद रेशमलाल चौंधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दिपेन्द्र गजुरेल

    July 18, 2018, 7:55 p.m.

    राजपा नेपालले वरिष्ठ डा.चिकित्सक गोविन्द केसीको बारेमा गम्भीरताका साथ सरकार संग पहल गर्ने दबाब दिन हुनुपर्नेमा । राप्रपा नेपालमा भएको छ सच्याउनु होला #सम्पादक_महोदय

  •  0 Reply

तपाईको प्रतिक्रिया