नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडाैं - जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
तर संघभित्रैबाट अस्पताल बन्द गर्न हुन्न भन्ने माग उठ्न थालेका छन् । डाक्टर गोविन्द केसीका माग पूरा गर्नुपर्ने तर अस्पताल बन्द गरेर बिरामीलाई मर्कामा पार्न नहुने भन्दै बिहीबारको बन्द गर्ने निर्णयमा चिकित्सक संघकै कोषाध्यक्ष रक्षा श्रेष्ठले नोट अफ डिसेन्ट लेख्नुभएको छ ।
‘नेपाल चिकित्सक संघको माग वार्ता समिति गठन गरेर डाक्टर केसीका माग पूरा गराउनुपर्छ भन्ने हो, सरकारले वार्ता समिति गठन गरेर वार्ताको प्रयास गरिरहेको छ, यस्तो अवस्थामा अस्पताल बन्द गरेर बिरामीलाई मारमा पार्न भएन भनेर मैले नोट अफ डिसेन्ट लेखेको हो ।’ नेपाल चिकित्सक संघकी कोषाध्यक्ष डाक्टर रक्षा श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो ।
चिकित्सकहरुले नै अस्पताल बन्द गर्दा नराम्रो सन्देश जाने र बिरामीलाई पनि मर्का पर्ने भएकाले संघले अस्पताल बन्दको निर्णयमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।