नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं - तुइन विस्थापन कार्यक्रमका लागि गायिका आनी छोइङ डोल्माले एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा सहयोगस्वरुप आफूले रकम संकलन गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको बुधबार प्रसारित पहिलो श्रृँखलामा गायिका आनीले प्रधानमन्त्री ओलीलाई रकम हस्तान्तरण गर्नुभएको हो । एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनेर आफूले रकम संकलन गरेको उहाँले बताउनुभयो ।
सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थपेर तुइन विस्थापन कोष स्थापना गर्ने र अबको एक वर्षमा सबै तुइन विस्थापित भैसक्ने बताउनुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि कोषमा पचास हजार रुपैयाँ सहयोग दिने घोषणा गर्नुभयो ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले देशभरका तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउने घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।