एसईईमा सहभागी २ सय ५८ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

 साउन ३, २०७५ बिहीबार ५:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उच्च शिक्षाको तयारीका लागि ब्रिज कोर्ष गरिरहेका २ सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । 

एनसेलले गएको चैत महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो । योजनाअन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरिरहेका बिभिन्न ६९  इन्स्टिच्युटमा अध्ययनरत ३ देखि ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २ सय ५८ उत्कृष्ट विद्यार्थीलाई ५००० रुपैयाँ राशीको आंशिक छात्रवृत्ति प्रदान गरेको हो ।

ईन्स्टिच्युटले बिभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् ।

२०७४ सालका एसईई परीक्षार्थीलाई लक्षित गर्दै ल्याईएको ‘पहिलो सिम’ योजनामा छात्रवृत्तिका लागि उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि एनसेलले ब्रिज कोर्ष संचालन गर्दै आएका विभिन्न इन्स्टिच्युटहरुसँग सहकार्य गरेको थियो । 

एनसेलले पहिलो सिम योजना संचालन गर्दै एसर्ईई दिएका विद्यार्थीलाई ब्रिज कोर्ष अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको यो दोश्रो वर्ष हो । यसअघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई बिभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १ सय २६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया