प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पाँचथर - पाँचथरकाे फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा भौतिक पूूर्वधार तथा यातायात मन्त्री वशन्तकुमार नेम्बाङले गृहनगर फिदिम पुगेर मतदानगर्नुभएको छ ।
३७ जिल्लाका ५२ स्थानमा शनिबार भइरहेको उपनिर्वाचनमा पाँचथर जिल्लाका तीन रित्त स्थानहरुमा पनि उपनिर्वाचन भइरहेका छन् । यी तीनै स्थानमा बिहान ७ बजेदेखिनै शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको छ । जिल्लाको तीन स्थानमध्ये फिदिम नगरपालिका–१ मा मन्त्री नेम्बाङले मतदान गर्नुभएको हाे ।
मन्त्री नेम्बाङले फिदिम माविको खेलमैदानमा भएको मतदान केन्द्रमा बिहान साढे ७ बजे मतदान गर्नुभएको हो । यस वडामा ३ हजार ६ सय ७६ जना मतदाता रहेका छन् ।
वडाध्यक्ष पदका लागि ७ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।