नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन् ।
बिहीबार बिहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका हुन् । बिरामी र बिरामी कुरुवाहरुले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कुरुवाहरुले सास्ती व्यहोर्नु परेको छ । बिरामी कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।
गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताएका छन् ।
खुट्टामा घाउ लिएर अस्पताल पुगेका काभ्रेका कुलबहादर रसाइलीले डा. केसीको माग सही भए पनि बिरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको बताउनुभयो । उहाँले घाउ लिएर आज ओपीडीमा उपचारका लागि आए पनि अस्पतालको सेवा बन्द भएकोमा आपत्ति जनाउनुभयो ।
सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले बिरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् । उनीहरुले डा. केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरुसँग राखेका छन् ।
वरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरुले उहाँको माग सम्बोधन गराउन अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहीबारबाट बन्द गरेका हुन् ।
चिकित्सकहरुले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि बिरामी र उनका आफन्तले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Padam bhandari
July 19, 2018, 1:37 p.m.एमालेको नेताहरू ले बिरामी र कुरुवा लाई भड्किनु भनी आदेश दिएर बिरामी कुरुवा लाई प्रदसन्मा उतारेको मा मेरो ब्यक्ति गत तर्फबाट सरकार प्रती खेत प्रकट गर्दछु ।