ट्याक्सी मिटरमा जान मानेन? याे नम्बरमा फोन गर्नुहोस्

 साउन ३, २०७५ बिहीबार १३:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

भाडाका ट्याक्सीले मिटरमा जान नमाने जानकारी दिन यातायात व्यवस्था विभागले जानकारी दिन आग्रह गरेको छ । 

काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा सेवाग्राहीबाट बारम्बार गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले फोन र एसएमएसमार्फत जानकारी दिन आह्वान गरेको हो । 

यात्रुले मिटरजडित ट्याक्सीको सेवा प्रयोग गर्न अनुरोध गर्दा गन्तब्य स्थानसम्म जान नमानेमा वा आलटाल गरेमा, मिटरमा जान नमानेमा, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालकसिटमा नबसेको पाइएमा, मिटर बिगारेमा वा गन्तब्यसम्म लाग्ने रकम अस्वाभाविक रुपमा बढी देखिएमा यात्रुले विभागको मोबाइल नम्बर ९८५१२७३२२२ मा फोन वा एसएमएस गरी खबर गर्न सक्ने व्यवस्था मिलाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया