नगरपालिकाको केन्द्रसम्बन्धी निकास निकाल्न तीन बुँदे सहमति

 साउन ३, २०७५ बिहीबार १४:२:११ | उज्यालो सहकर्मी

बझाङ – बुंगल नगरपालिकाको केन्द्रको विवादमा बार्ताबाट निकास निकाल्न दुबै पक्षबीच तीनबुँदे सहमति भएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी प्रेम सिँह कुँवरको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षलाई सहमतिमा ल्याएको हो । 

सहमति अनुसार आन्दोलन नगरी दुवै पक्ष बसेर बार्ताबाट निस्कर्ष निकालिने जिल्ला प्रहरी कार्यलयहरुले जनाएको छ ।

कुनै पनि आन्दोलन नगर्ने सहमतिका आधारमा सहमति भएको बुंगल नगरपालिकाका मेयर धन बहादुर बिष्टले बताउनुभयो ।

बन्द रहेको नगरपालिकाको कार्यालय बुधबारबाट सञ्चालनमा आएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया