गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

 मंसिर २३, २०७६ सोमबार १०:३२:३९ | रासस
unn.prixa.net

चितवन - चितवनकाे भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गएकाे छ । ज्यान जानेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो  । 

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया