साग फुटबल फाइनल : भुटानविरुद्ध नेपालकाे १-० काे अग्रता, अभिषेकले गरे गाेल

 मंसिर २४, २०७६ मंगलबार १५:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा नेपालले भुटानविरुद्ध १-० काे अग्रता बनाएकाे छ । 

नेपालका लागि १७औँ मिनेटमा अभिषेक रिजालले गाेल गरेका हुन् । उनले जारी सागमा याेसँगै ३ गाेल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक-एक गोल गरेका थिए ।

नवाैँ  मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा भने चुक्न पुगेका थिए । नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।

 

अन्तिम अपडेट: जेठ २६, २०७७

तपाईको प्रतिक्रिया