प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता शुरु
असोज ६, २०८० शनिबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा नेपालले २-१ काे अग्रता बनाएकाे छ ।
खेलकाे ५३औँ मिनेटमा नेपालका लागि सुनिल वलले गाेल गर्दै २-१ काे अग्रता दिलाए । सुनिलले यसअघि बंगलादेशविरुद्ध पनि निर्णायक गाेल गरेका थिए ।
खेलकाे १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गाेल गर्दै अग्रता दिलाए पनि भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका थिए ।
नवाैँ मिनेटमा नेपालका मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए ।
भुटान पहिलाे पटक साग फुटबलकाे फाइनलमा पुगेकाे हाे । उसले नेपाललाई हराउँदै फुटबलमा अर्काे इतिहास रच्ने दाउमा रहेकाे छ । केही वर्षअघि निकै कमजाेर मानिने भुटानी फुटबल पछिल्लाे समय निकै निखारिँदै गएकाे छ । नेपाललाई भने लगातार साग फुटबलमा स्वर्ण जित्ने सुनाैलाे अवसर रहेकाे छ । २०१६ मा भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले स्वर्ण पदक जितेकाे थियाे ।
नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।