‘कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ’
असोज ११, २०८० बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
उहाँले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । उहाँले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्नुहुनेछ ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।
याे पनि पढ्नुस्
![]() |
नेपालको स्वर्णिम प्रदर्शन ! |