सक्कली श्रीमतीको नामको कागजात बनाएर नक्कली श्रीमती अमेरिका लैजाने प्रयास

 साउन ३, २०७५ बिहीबार १८:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – रौतहटकाे गुजरा नगरपालिका-५ का रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । 

रिपोर्टर्स क्लब नेपालमा गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका जान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् ।

रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो विवाहको बारेमा कडा कानुुन भएपनि व्यवहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताईन् ।

नेपाल वैश्य युवा संघको केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्,‘मेरो भदैनी रुपरेखाको श्रीमान् पाँच वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, साहले थपिन्, ‘त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’

त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । 

उनले भने,‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं, मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होईन ।’

उनले अघि थपे,‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षिया छोरीको साथमा २५ वर्षिया आमा रुपरेखा गुप्ता अहिले माइतीमा बस्दै आएकी छिन् ।  
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया