चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई 'डिजिटल' तालिम
मंसिर ११, २०८१ मंगलबार
सप्तरी – सप्तरीमा पछिल्लो ११ महिनाको अवधिमा २० वटा हत्याका घटना भएका छन् । हत्याका घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मंगलबार राजविराजमा भएको अन्तरक्रियामा आधारपत्रमार्फत यो तथ्यांक सार्वजनिक गरिएको हो ।
आधारपत्र प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सप्तरीमा ११ महिनाको अवधिमा भएका २० हत्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताउनुभयो ।
राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिनुहुँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरिबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएको जनाउनु भयो ।
कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताउनु भयो । महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको उहाँले प्रस्ट पार्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईँले फौजदारी अपराधका ८ सय ३६ सहित साढे ३ हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।