नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं– नेपाल प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा प्रहरीले गोली नचलाएको स्पष्ट पारेको छ ।
बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयमार्फत सार्वजनिक प्रेस विज्ञप्तिमा प्रहरी जवान कमल आचार्यलाई गोली नलागेको स्पष्ट पारेको हो । विज्ञप्तिमा आचार्यलाई प्रदर्शनकारीले चिर्पटले प्रहार गरेको त्यही चिर्पटमा रहेको किला छातीमा गडेर गम्भीर घाइते भएको जनाएको छ ।
साथै नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रहरीकै गोली लागि एक जना प्रहरी जवानको मृत्यु भएको समाचार सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ ।
समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्ने र मृत्युजस्तो मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि समेत नगरी समाचार सम्प्रेषण गर्दा सम्बन्धित संगठन र परिवारप्रति मानसिक तथा भावनात्मक आघात पुगेको विज्ञप्तिमा जनाइएको छ ।
झडपमा परि गम्भीर घाइते भएका प्रहरी जवानको जुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।