जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
भक्तपुर – काठमाडौँको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा. २ क. ९२५० नं को स्कूल बस विहीबार अपराह्न ५ बजेतिर मध्यपुरथिमि ९ नीलबाराही शसस्त्र प्रहरी बल नजिकै दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् ।
दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरमा रहेकाे नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीया अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसके पछि बाँसबारीमा रहेकाे न्यूरो अस्पतालमा रिफर गरिएको छ भने थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अर्का गम्भीर घाइते ४ वर्षीया प्रतिज्ञा श्रेष्ठलाई काठमाडौं मेडिकल कलेज रिफर गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । अन्यको मध्यपुर अस्पताल र नागरिक अस्पतालमा उपचार भैरहेको छ ।
साइड दिने क्रममा बस पछाडि हटाउँदा अनियन्त्रीत भई सडकबाट तल खसेको थियो । घटना हुने वित्तिकै सशस्त्र प्रहरी बल नेपाल गुहेश्वरी गण दुवाकोटको टोलीले विद्यार्थीलाई अस्पताल पुर्याएको थियो ।
बसका चालक सन्तोष लामा भने फरार रहेकाले खोजी भैरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।