नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
ओखलढुंगा– ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित रावादोलु स्रोत केन्द्रभित्रका विद्यालयमा मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ । रावादोलु स्रोत केन्द्रले शैक्षिक सुधारका लागि आचारसंहिता जारी गर्दै विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक लगाएको हो ।
स्रोत केन्द्रभित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले समेत पालना गर्नुपर्ने अनिवार्य शर्त सहितको आचारसंहिता जारी गरिएको स्रोतव्यक्ति जीवन कुमार नेपालले बताउनुभयो । ‘विद्यालयमा बढ्दो विकृति रोक्ने प्रयास स्वरुप स्रोत केन्द्रबाट आचारसंहिता जारी गरेर लागू गरिएको छ’ नेपालले भन्नुभयो– ‘ शिक्षक नै मोबाइल र फेसबुकमा अलमलिएपछि शिक्षाको गुणस्तर खस्किएको पाइएपछि हामीले सुधार अभियान थालेका हौं ।’ शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधि सहितका सरोकारवालासँगको समन्वयमा शैक्षिक सुधारको अभियान अन्तरगत आचारसंहिता जारी गरेर कडाईका साथ लागु गरिएको नेपालले सुनाए ।
आचारसंहितामा शिक्षकले पालना गर्नुपर्ने १४ वटा, विद्यार्थीले पालना गर्नुपर्ने ११ वटा र अभिभावकले पालना गर्नुपर्ने ७ वटा विषय समेटिएको छ । स्रोत केन्द्र भित्रका अधिकांश विद्यालयले आचारसंहिता लेखिएको बोर्ड विद्यालयको अग्रभागमा राखेर कार्यन्वयन सुरु गरेका छन् ।
शिक्षकले चप्पल, टाउजर सहितका अनौपचारिक पोशाकमा विद्यालय प्रवेश गर्न नपाउने, विद्यालय पोशाक अनिवार्य लगाउनु पर्ने, मोवाइल फोन प्रयोग गर्न नपाइने, बिदा बस्नुअघि अग्रीम स्वीकृित लिनुपर्ने बाध्यकारी नियम बनाइएको छ । विद्यार्थीले पनि विद्यालयमा मोवाइल फोन प्रयोग गर्न नपाउने, अभिभावक महिनामा १ पटक विद्यालय आउनु पर्ने, दिउँसो अनिवार्य स्थानीय खाजा विद्यार्थीलाई पठाउनुपर्नेलगायतका विषय समेटेर आचारसंहिता जारी गरिएको छ । रावादोलु स्रोत केन्द्रमा माध्यमिक तहका २ र अन्य आधारभूत गरि १२ वटा विद्यालय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।