डाक्टर केसीको अनसन निरन्तर, वार्ता अनिश्चित, डाक्टरले १ घण्टा काम नगर्ने

 साउन ४, २०७५ शुक्रबार ९:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।

यस्तै आवासीय डाक्टरले भने आज पनि आकस्मिक बाहेकमा सेवा नदिने भएका छन् । नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले डाक्टर केसीका मागको विषयमा सरकारले अझै पनि चासो नदिएकाले आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।

डाक्टर केसी अनशनमा बसेको आज २१ औँ दिन भएको छ । उपचारका लागि हिजो जुम्लाबाट काठमाडौं ल्याइए पनि मागबारे सरकारले चासो नदिएकाले माग पूरा नभएसम्म आफूले अनशनलाई निरन्तरता दिने केसीले बताउनुभएको छ । उहाँलाई त्रिवि शिक्षण अस्पतालमा यसअघि १४ पटक अनसन बसेकै ठाउँमा राखिएको छ । 

केसी पक्ष र सरकार पक्षबीबीच वार्ता हुने नहुने अन्योल झनै बढेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने सरकारी अडानका कारण अब कसरी निकास निकाल्ने भन्ने अन्यौल बढेको हो । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया