प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ

 साउन ५, २०७५ शनिबार १४:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले शनिबार प्रधानमन्त्रीविरुद्ध कालोझण्डा देखाउने प्रयास गरेका थिए । त्यसैक्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीको लाठीचार्जबाट घाइते भएका योगेन्द्र रावलको कीर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ । 

पक्राउ परेका अन्यलाई प्रहरीले महानगरिय प्रहरी वृत्त कीर्तिपुरमा राखेको छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया