नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अबलम्बन गर्न लागेको बताउनुभएको छ ।
त्रिभूवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ शिक्षा नीति अबलम्बन गर्न लागेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाई छ । पढेका मान्छे बेरोजगार नुहन भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रुपमा जनशिक्तको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका बनाउँछौं ।’
विश्वविद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट उत्पादन हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले विश्व विद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन दिनुभएको छ ।
देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्बाहमुखी मात्र भएकोले यसलाई थप व्यावसायिक बनाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।