पशुपतिमा महाशिवरात्रिको सबै तयारी पूरा
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।
याेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ ।
चीनबाट फर्किएका एक महिला र पुरुष तथा अमेरिकी नागरिकमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको र उपचार थालिएको अस्पतला स्रोतले जनाएको छ । सरुवा रोग अस्पताल टेकुमा उपचार कक्षको स्थापना समेत गरिएको छ ।
चीनबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । ती युवामा संक्रमणको पुष्टिसँगै अरु दुई जनामा पनि आशंका गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरी सरकारले सर्तकता बढाएको जनाएको छ ।
कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फैलनसक्ने संक्रमणतर्फ सतर्क रहेको जनाएको छ । नेपालमा एक जनामा मात्र संक्रमण पुष्टि भएको र आवश्यक सर्तकता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीन तथा अरु देशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उहाँले बताउनुभएको छ ।
संक्रमण आशंका भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुरसहित अरु अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।