दूध पोखेर होइन बाँडेर किसानको आन्दोलन

 साउन ७, २०७५ सोमबार १२:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – दूधको मूल्य घटाइएको विरोधमा चितवनका दूध उत्पादक किसानले विरोध जारी राखेका छन् । उनीहरुले सोमबार भने सँधैभन्दा फरक स्वरुपमा आन्दोलन गरे । सँधै दुध सडकमा पोखेर विरोध गर्ने किसानले आज ५० लिटर दूध बाँडेर विरोध गरेका छन् ।

स्वास्थ्यलाई फाइदा गर्ने दूध पोखेर आन्दोलन गर्नुभन्दा बाँडेर र खाएर आन्दोलनलाई  निरन्तरता दिनु ठीक हुने भएकाले त्यसो गरिएको चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले जानकारी दिनुभयो ।

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएपछि दूध उत्पादक किसानले विरोध गरिरहेका छन् । संस्थानले मूल्य घटाएपछि किसान अहिले प्रतिलिटर ३ रुपैयाँ कम मूल्य मात्र पाइरहेको किसानको भनाई छ । दुग्ध विकास संस्थानले भने दूधको मूल्य घटाएको नभई सरकारले दिँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती गरेको दाबी गरेको छ ।

यसैबिच, थप आन्दोलन गर्न भोलि केन्द्रिय समितिको बैठक बस्ने सुवेदीले जानकारी दिनुभयो । अरु जिल्लाका किसानसँग पनि समन्वय गरेर आन्दोलनलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया