मलेरिया निको पार्ने नयाँ औषधि पत्ता लाग्यो

 साउन ७, २०७५ सोमबार १४:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ ।

अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो औषधिलाई ठूलो उपलब्धि भनेका छन् ।

यो औषधि विश्वभरका बिरामीलाई दिन सकिने विकल्प तयार भएको अधिकारीले बताएका छन् । अहिले बजारमा उपलब्ध प्राइमाक्विन भनिने औषधि बिरामीले १४ दिनसम्म लिनु पर्ने हुन्छ । तर त्यो लिएपछि पनि औलो रोग बल्झिने गरेको भन्दै विज्ञहरूले चिन्ता  जनाएका थिए । 

विज्ञहरूले नयाँ औषधि प्रभावकारी छ तर ग्रन्थीको समस्या र मानसिक रोग भएका बिरामीलाई टाफेनोक्वाइनले साइड इफेक्ट अर्थात् नकारात्मक असर पु¥याउन सक्ने बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया