नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई आगामी १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारबाट छानबिन पनि सुरु गरेको छ । मंगलबार उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको काम सुरु गरेको हो ।
जोशीविरुद्ध ५ वटा उजुरी परेका छन । ती उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार दिउँसो उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिको गएको श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।