मोरङ : छुट्टाछुट्टै दुर्घटनामा तीन वर्षीया बालिकासहित दुई जनाकाे ज्यान गयाे

 माघ २०, २०७६ सोमबार १८:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाकाे ज्यान लगाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सुन्दर हरैचा नगरपालिका १० जरुवामा प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिप्परले साइकल यात्रीलाई ठक्कर दिएको हो । टिप्परकाे ठक्करबाट घाइते भएका स्थानीय ४७ वर्षीय बाबुराम कार्कीकाे उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै उर्लाबारीमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको ज्यान गएको छ । उर्लाबारी नगरपालिका १ काे कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो ।

दुर्घटनामा माेटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका ६ का २६ वर्षीय डेकेस विक, उहाँकी श्रीमती २० वर्षीया सिर्जना विक, सासु ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतिक विक घाइते भएका थिए ।

घाईतेहरुको विराट नर्सिङ होममा उपचार भैरहँदा तीन वर्षीया बालिकाकाे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया