प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या

 साउन ८, २०७५ मंगलबार १५:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – भजनी नगरपालिका–९, भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर श्रीमान नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । तीन, चार दिनदेखि नन्दु राजी आफ्नो घरमा नदेखिएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए ।

अहिले उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा लिएको छ । शव घर नजिकैको जंगलमा जमिन मुनि गाडेर माटो र पातहरुले पुरेको अवस्थामा प्रहरीले फेला पारेको बताएको छ । शव मंगलबार बिहान आठ बजेतिर फेला पारिएको भए पनि शवको प्रकृति हेर्दा घटना ३÷४ दिन अघिको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार शवलाई अहिले पोष्टमाटमका लागि टिकापुर अस्पताल लगिएको छ ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया