नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधिशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो ।
उजुरीकर्ताहरुसँग प्रमाणसहित विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानविन गर्न पनि समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानविन गरेपछि बिहीबार अपरान्ह १ बजे प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाइ गर्ने कार्यसूची तय गरिएको पनि जानकारी दिनुभयो ।
समितिको गएको साउन ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।