खाल्टोमा पुरिएर एकको मृत्यु

 साउन ८, २०७५ मंगलबार १८:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा मंगलबार एक जनाको ज्यान गएको छ ।

सेप्टिक ट्याङ्कीको खाल्टो खन्ने क्रममा माथिबाट पहिरो खसेर पुरिंदा जगनाथपुर गाउँपालिका २ पर्साका रामजी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

प्रहरीको टोलिले एक्स्क्याभेटरको सहयोगमा लास निकालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया