नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले सरकारविरुद्ध मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्य समितिहरुको संयुक्त आह्वानमा मंगलबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध र्यालीसहितको प्रदर्शन गरिएको हो ।
प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै नेपाली कांगे्रस ललितपुर जिल्ला कार्य समितिका सभापति मदन अमात्यले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउन सरकारलाई पुनः दबाब दिनुभयो ।
उहाँले सरकार निरंकुश बन्दै गएकाले रोक्न आफूहरुले दैनिक आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको दाबी समेत गर्नुभयो । प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरिएको थियो ।
नेपाली कांग्रेसले आफूहरुसँगको सहमतिमा मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश नगरे सरकार विरुद्धको आन्दोलन नरोकिने चेतावनी दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।