नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
भक्तपुर – प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन सुरु गर्नुभएको छ ।
भक्तपुरमा आर्थिक वर्ष ०७४-०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालय लगायतका भौतिक पूर्वाधार सम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारीता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन सुरु गर्नुभएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाई कार्यालय लगायतका बिभिन्न कार्यालय मार्फत विनियोजित बजेटको कामको जानकारी लिन अनुगमन सुरु गरेको बस्नेतले जानकारी दिनुभयो ।
आफ्नै पहलमा भक्तपुरको विकासका लागि ल्याएको बजेटको कामको प्रभावकारिता समेत मूल्यांकन गर्न आफ्नै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नगर विकास आयोजनाका प्रमुख, नवराज प्याकुरेल, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ नेकपाका जिल्ला अध्यक्ष बचन देउजा लगायत सम्बन्धित कार्यालयका प्रमुखहरु समेतको टोली बनाएर अनुगमन थालिएको हो ।
मध्यपुरथिमि नगरपालिका अन्र्तगत बाहाखा बजार मूलपानी जाने सडक, बोडे सडक, नगदेश लगायतका थिमिमा नगर विकास आयोजना र डिभिजन सडक कार्यालय भक्तपुर मार्फत भएको सडक निर्माण, पर्खाल निर्माण, ड्रेन निर्माण लगायतको विकासका कामको अनुगमन गर्नुभएको छ ।
बस्नेतले अनुगमन कै क्रममा भन्नुभयो–‘आएको बजेट अनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिए पछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने हाम्रो प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ, अब स्थानीय सरकारका प्रतिनिधि, जनता, सम्बन्धित निकाय सबैले विकासको कामको अनुगमन गर्नु जरुरी छ, काम राम्रो होस, समय मै सकियोस भनेर विगत एक महिनादेखि अनुगमन सुरु गरेको हो ।’
बस्नेतले संसद नभएको बेलामा साता दुई दिन आफ्नो क्षेत्रको विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनतासंग भेटेर विकास निर्माणका कामका बारेमा भईरहेका गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने कार्य सुरु गर्नुभएको छ ।
उहाँले भन्नुभयो–‘भक्तपुरको विकासलाई अब कसैले रोक्न सक्दैन, यहाँ विकासले तीव्रता पाएको छ, म यसलाई रोक्न दिन्न, स्थानीय बजेटसंगै केन्द्रिय बजेट थप गराएर भएपनि आउँदो पाँच वर्षमा यहाँको मुहार फेर्ने मेरो जिम्मेवारी म पुरा गर्छु ।’
उहाँले बजेट लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न सम्बन्धीत निकायलाई आग्रह गरेको बताउँदै जनताको गुनासोलाई तत्कालै सम्बोधन गर्न तल्लिन रहेको बताउनुभयो ।
बस्नेतले मध्यपुरथिमि नगरपालिकामा ३७ वटा आयोजनाहरुको काम सुरु भइसकेको बताउँदै चालू आ.ब.मा यहाँको आवश्यकता र जनताको माग अनुसार श्रोत जुटाएर थप आयोजनाहरु संचालन गर्न लागिरहेको बताउनुभयो ।
जनमुखी विकासका कामहरु गर्न आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए । भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा मात्रै २० करोडको विकास निर्माण कार्य भईरहेको छ ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निमार्ण कार्य जिम्मा लिई काम नगर्ने निमार्ण व्यवसायीलाई तत्काल कानुनको दायरामा ल्याई कारवाहीको प्रक्रिया अगाडि बढाईने बताउनुभयो ।
डिभिजन सडक कार्यालय भक्तपुरको आयोजनामा निर्माण भइरहेको भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा निर्माणधिन १२ करोड ३१ लाख रुपैयाको लागतमा निर्माण कार्य शुरु गरिएको बाखावजार (पुरानो बाटो) – हुलाक रोड–नगरपालिका भवन–मिलरोड–मनोहरा पुलसम्मको २.२ किलोमिटर सडक सन्तोसी÷पिआर जेभीले लिएको जसमा ६५ प्रतिशत काम सम्पन्न भएको छ ।
सडकको २०७३ साल जेष्ठ २८ मा सम्झौता भई २०७५ साल असार १२ गतेसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने भएपनि मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कार्य र वस्तीमा सिमाङ्कन विवाद जारी रहेकाले समस्या आएको भन्दै १० महिना म्याद थप गरेर काम पुरा गर्न सकिने गरि काम भईरहेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।
यता हनुमन्ते खोला, अरनिको राजमार्ग, वप्पा पाटी विहार, बाहाखा वजार पुरानो वाटो १.६ किलोमिटर सडक चार करोड १२ लाख रुपैयाको लागतमा काम थालेपनि ३५ प्रतिशत मात्रै काम गरेको र काम अलपत्र छाडेपछिसुनौलो खिम्ती कन्ष्ट्रक्सन प्रालिलाई कारबाहीको तयारी गरिएको छ ।
त्यस्तै ३ करोड ३० लाखमा अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा १.२ किलोमिटर र लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक ०.८ किलोमिटरको जिम्मा समानान्तर निमार्ण सेवा प्रा.ली.ले २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म ३० प्रतिशत कार्य सम्पन्न भएको अनुगमनको क्रममा पाईएको छ ।
कतिपय आयोजनामा विद्युत प्राधिकरणले पोल नहटाईदिने, कतिपय आयोजनामा खानेपानी आयोजनाले ढल व्यवस्थापन परियोजनाले सडक ठेक्का दिईसकेपछि काम गर्न थाल्ने गर्दा पनि सडक निर्माणमा ढिलाई हुने गरेको सडक कार्यालयको दाबी छ ।
प्रतिनिधिसभा सदस्य बस्नेतले निर्माण व्यावसायीले अब कुनै पनि बाहनामा पन्छिन नपाउने बताउँदै समस्या भए स्थानीय सरकार, जनप्रतिनिधिहरुँंग समन्वय गर्नुपर्ने बताउनुभयो ।
अनुमगनमा भएका लापर्वाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय निर्माण गर्न र विभिन्न ठाउँमा विकासका आवश्यकताको पहिचान गरी आयोजनाहरु ल्याउन अनुमगनले मद्धत पुग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गंगाधर तिमिल्सिना
July 24, 2018, 9:14 p.m.भक्तपुरमा पानी जहाज नै चल्यो त अब के बाँकि छ र बिकास गर्नु पर्ने