सरकार र डाक्टर केसीपक्षबीचको वार्ता सकारात्मक, भोलि बिहान फेरि वार्ता हुने

 साउन ८, २०७५ मंगलबार २१:४६:३४ | उज्यालो सहकर्मी

काठमाडौं - सरकार र डाक्टर गोविन्द केसीपक्षबीच मंगललबार भएको वार्ता सकारात्मक भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक खगराज बराल तथा डाक्टर केसीपक्षका वार्ता टोली संयोजक डाक्टर  अभिषेकराज सिहले निकालेको संयुक्त विज्ञप्तिमा मंगलबार भएको वार्ता सकारात्मक भएको उल्लेख गरिएको छ । दुवै वार्ता टोलीबीच मंगलबार तीन घण्टा वार्ता भएको थियो । 

दुवै पक्षले वार्ता कुन-कुन विषयमा सकारात्मक भएको भन्ने केही बताएका गरेका छैनन् तर बुधबार बिहान फेरि वार्ता हुने उल्लेख गरेका छन ।

चिकित्सा शिक्षा सुधार लगायत विषयमा विभिन्न माग राख्दै डाक्टर गोविन्द केसी १५ औँ पटक आमरण अनसनमा बसेको २५ औँ दिनमा भएको वार्ता सकारात्मक भएको हो । यसअघि सामान्य वार्ता भए पनि दुवै पक्ष  सहमतिको निकट पुग्न सकेका थिएनन् ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया